लगानीको वातावरण सिर्जना गर्न काम भइरहेको छ : अर्थमन्त्री पौडेल

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68b40956b96d8.jpeg

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले निजी क्षेत्रको आत्मविश्वास बढाउँदै देशमा लगानीको वातावरण सिर्जना गर्न काम गरिरहेको बताएका छन् ।

ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) को ४७ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले यो कुरा बताएका हुन् । उनले पर्यटन प्रवद्र्धन र राष्ट्रिय अर्थतन्त्रको विकासमा सरकार प्रतिबद्ध रहेको पनि बताए ।

अर्थमन्त्री पौडेलले अहिले अर्थतन्त्रका सबै सूचकहरूमा सकारात्मक परिवर्तन आएको दाबी गर्दै, ‘जब हामीले सरकारको जिम्मेवारी सम्हालेका थियौँ, अर्थतन्त्रका सूचकहरू नकारात्मक थिए,’ भने । 

यद्यपि, उनले ‘भ्याट’ छुट दिन सक्ने अवस्थामा सरकार नरहेको स्पष्ट पारे । ‘राजस्वले साधारण खर्च धान्न नै अहिले मुस्किल छ,’ उनले भने, ‘भ्याट छुटभन्दा पनि व्यवसाय प्रवद्र्धनका योजना र कार्यक्रमहरू ल्याउनुहोस्, सरकार सहजीकरण गर्न तयार छ ।’

पौडेलले अहिलेको सरकार बलियो र स्थिर रहेको भन्दै यही सरकार २०८४ को निर्वाचनसम्म जाने र यसले नीतिगत स्थिरता दिने विश्वास व्यक्त गरे ।


Facebook Comments