कांग्रेसलाई बलियो बनाउन हार्दिकता आवश्यक छ : उपसभापति गुरुङ


खजुरा । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले पार्टीलाई बलियो बनाउन नेता र कार्यकर्ताबीचको सम्बन्धमा हार्दिकता हुनुपर्नेमा जोड दिएका छन् ।
नेपालगञ्जमा आयोजित दुईदिने जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले हार्दिकताको अभावका कारण निर्वाचनमा पार्टीले नकारात्मक नतिजा भोग्नुपरेको बताए ।
यस्ता प्रशिक्षण कार्यक्रमले तल्लो तहका कार्यकर्तालाई जोड्ने र पार्टीको सिद्धान्तबारे बहस गर्नसक्ने क्षमता विकास गराउने उनको भनाइ थियो ।
उपसभापति गुरुङले आपसी समन्वय र सहकार्यको अभावमा कुनै पनि लक्ष्यमा पुग्न नसकिने बताए ।
उनले भने, ‘राजनीतिको राजमार्गमा सबैलाई समेट्दै लैजानुपर्छ। पार्टीभित्र र बाहिर पनि आवश्यकता अनुसार सहकार्य गर्दै जानु जरुरी छ।’
Facebook Comments