पत्रकार महासङ्घ र सञ्चार मन्त्रालयबीच चारबुँदे सहमति

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68b4135641fd8.jpg

काठमाडौं । नेपाल पत्रकार महासङ्घ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबीच आज चारबुँदे सहमति भएको छ । यो सहमतिसँगै सञ्चार क्षेत्रमा देखिएका केही विवाद समाधान हुने अपेक्षा गरिएको छ ।

सहमतिअनुसार, अब नयाँ अनलाइन सञ्चारमाध्यम दर्ताका लागि निवेदन आएमा सूचना तथा प्रसारण विभागले क्रमसङ्ख्या उल्लेख गरी सङ्कलन गर्नेछ । यसले अनलाइन दर्ता प्रक्रियालाई थप व्यवस्थित बनाउनेछ ।

त्यस्तै, अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३ को दफा ६ मा भएको नवीकरणसम्बन्धी व्यवस्थाका बारेमा पनि सहमति भएको छ ।

अर्को व्यवस्था नभएसम्मका लागि प्रेस काउन्सिल नेपाल र नेपाल विज्ञापन बोर्डले अनलाइन सञ्चारमाध्यम सूचीकरणको काम यथावत् राख्नेछन् ।


Facebook Comments