डा. लेखजंग थापा बने रुपन्देही ३ मा रास्वपाको उम्मेदवार


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही ३ मा हुने उपनिर्वाचनमा डां लेखजंग थापालाई उम्मेदवार बनाउने भएको छ । आज एक पत्रकार सम्मेलन गर्दै रास्वपाले थापालाई उम्मेदवार घोषणा गरेको हो ।
कात्तिक १७ मा हुने उपनिर्वाचनका लागि रास्वपाले प्राइमरी इलेक्सनको माध्यमबाट उम्मेदवार छनोट गरेको हो । ९ जना आकांक्षीहरुमध्येबाट थापालाई छनोट गरिएको रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले जानकारी दिए । रास्वपाले साउन ७ गतेदेखि २१ गतेसम्म उम्मेद्वारको आवदेन माग गरेको थियो ।
उपनिर्वाचनका लागि सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम कुमारी अग्रवाल र मधुप्रसाद अर्यालले आवेदन दिएका थिए।
को हुन् थापा ?
डा लेखजंग थापा रुपन्देहीको सिद्धार्थनगर–९ स्थित अञ्चलपुरका बासिन्दा हुन् । उनी वरिष्ठ न्युरोलोजिस्ट हुन् । चिकित्सक र सामाजिक सेवामा उनले १७ वर्ष बिताएका छन् । पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेजबाट एमबीबीएस, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट इन्टरनल मेडिसिनमा एमडी र कलेज अफ मेडिकल साइन्सेज चितवनबाट डीएम न्युरोलोजी अध्ययन गरेका थापा अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा ‘सेफ्टी क्वालिटी लिडरसिप एण्ड इन्फमेटिभ’ अध्ययन गरेका छन् । थापा नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्षसमेत हुन् ।
Facebook Comments