दार्चुलामा अटोरिक्सा दु*र्घटना: एक बालिकाको मृ*त्यु, २ बेपत्ता


खलङ्गा । दार्चुलामा अटोरिक्सा दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने दुईजना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक छत्रबहादुर रावतका अनुसार, नौगाड गाउँपालिका–५ को शौकेबगरमा म १ ह ११४८ नम्बरको अटोरिक्सा दुर्घटना भई नौगाड खोलामा खसेको थियो ।
दुर्घटनामा परी ११ वर्षीया अरुणा धामीको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य दुईजना बेपत्ता भएका छन्, जसको पहिचान खुल्न सकेको छैन ।
अटोरिक्सामा कुल पाँचजना सवार थिए । प्रहरीले घाइते भएका १७ वर्षीय आयुस (चालकका छोरा) को गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको जनाएको छ ।
अटोरिक्साका चालक मनिराम भुललाई प्रहरीले नियन्त्रणमा लिएको छ । बेपत्ताहरूको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको प्रहरी निरीक्षक रावतले बताए ।
Facebook Comments