गोंगबुमा प्रहरीको छापा, करोडौँ रकम बरामद


काठमाडौं । काठमाडौंको गोंगबुस्थित एक घरमा प्रहरीले छापा मारी ठूलो परिमाणमा रकम बरामद गरेको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार छापा मारेको हो । रकम बरामद भएको पुष्टि गरे पनि यकिन रकमको विवरण भने खुलाइएको छैन ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, गोरखा घर भई गोंगबुमा बस्ने ७६ वर्षीय विनोदकुमार श्रेष्ठलाई पनि नियन्त्रणमा लिइएको छ । श्रेष्ठले सुन व्यवसायीसँग कारोबार गर्ने गरेको बताइएको छ ।
प्रारम्भिक अनुमानअनुसार बरामद भएको रकम करोडौँमा हुन सक्ने प्रहरीले जनाएको छ । रकम गन्नका लागि बैंकबाट मेसिन मगाइएको छ ।
Facebook Comments