'संसद्‌मा अड्किएका विधेयकहरूलाई तत्काल अघि बढाऔँ'

User Image मेयरसाप डेस्क | एक महिना अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68b6d0e3e3d40.jpg

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूले नवनिर्वाचित सभापति ईश्वरीदेवी न्यौपानेलाई बधाई दिँदै समितिमा विचाराधीन रहेका महत्त्वपूर्ण विधेयकहरूलाई तत्काल अगाडि बढाउन सुझाव दिएका छन् ।

आज बसेको समितिको बैठकमा सदस्यहरूले विगतमा विधेयक निर्माणमा भएका त्रुटिहरूबाट पाठ सिक्दै गम्भीर भएर काम गर्न आग्रह गरेका हुन् । उनीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्माणमुखी सामग्री व्यवस्थापन र प्रहरी विधेयकजस्ता विषयलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद राजेन्द्र पाण्डेले जनप्रतिनिधिले बनाएका विधेयकहरू प्रमाणीकरण नभई फर्कने अवस्था आउन नदिन आग्रह गरे । त्यसैगरी, नेकपा (माओवादी केन्द्र) का सांसद दुर्गा राईले सदन नचलेका बेला पनि समितिको बैठक राखेर काम गर्नुपर्नेमा जोड दिए ।

नेकपा (एमाले) का सांसद पदम गिरीले विधेयकका लागि निश्चित समयसीमा तोक्न आग्रह गर्दै सुशासनको सुरुवात समितिबाटै हुनुपर्ने बताए । जनता समाजवादी पार्टीका सांसद प्रकाश अधिकारीले पनि समितिमा आएका विधेयक अड्काउने काम गर्नुभन्दा कि त सरकारले फिर्ता लिनुपर्ने वा समितिले प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखेका थिए ।


Facebook Comments