पुतलीसडकमा माइक्रो बसको ठक्करबाट ४ वर्षीया बालिकाको मृ*त्यु

No Author Assigned | २०८२ भदौ १८ गते ११:२०
Image of https://mayorsap.com/storage/photos/10/Accident1.jpg

काठमाडौं । काठमाडौंको पुतलीसडकमा माइक्रो बसको ठक्करबाट ५ वर्षीया बालिकाको मृत्यु भएको छ ।

बुधवार बिहान पद्मोदय मोडबाट पुतलीसडकतर्फ गइरहेको माइक्रो बसले ठक्कर दिँदा ५ वर्षीया बालिका आशिका तामाङको मृत्यु भएको हो ।

घटनास्थलबाट बालिकालाई अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनापछि पुतलीसडक क्षेत्रमा केही समय ट्राफिक जाम समेत भएको थियो । 


Facebook Comments