हनुमानढोकामा ठड्याइयो इन्द्रजात्राको लिङ्गो
No Author Assigned | २०८२ भदौ १९ गते ०१:४९काठमाडौं। हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याएर जात्राको सुरुआत गरिएको छ। आज बिहान १० बजेर ३१ मिनेटमा इन्द्र ध्वजोत्थान गरिएको हो।
भाद्र शुक्ल द्वादशीका दिन लिङ्गो ठड्याएर जात्रा सुरु गर्ने प्रचलन छ । त्यसपछि विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी ८ दिनसम्म मनाउने प्रचलन छ ।
जात्राको अवसरमा दरबार स्क्वायर परिसरमा रहेका काष्ठमण्डप, कुमारी घर, शिवपार्वती मन्दिरलगायत सम्पदामा रङरोगन गरेर रातो ध्वजा फेरिएको छ ।
यो काठमाडौँमा मनाइने विविध जात्रामध्येको सबैभन्दा ठुलो, रमाइलो र महत्त्वपूर्ण जात्राको रूपमा इन्द्रजात्रालाई लिने गरिन्छ । इन्द्रजात्रालाई नेपाल भाषामा ‘यें यास्’ भनिन्छ। यें भनेको कान्तिपुर नगर र यास् भनेको मुख्य जात्रा हो।
Facebook Comments