दर्ता सूचीकरण नभएका सामाजिक सञ्जाल आजैबाट बन्द गर्ने निर्णय


काठमाडौं । नेपालमा दर्ता सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सञ्जाल आजैबाट बन्द गरिने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज मन्त्री पृथ्वीसुब्बा गुरुङसहित बसेको बैठकले उक्त निर्णय गरेको हो ।
अहिले मन्त्रालयले २६ वटा सामाजिक सञ्जाल प्लेटफर्म निष्क्रिय गर्ने निर्णय गरेको छ । सूचीकरणमा आउने सामाजिक सञ्जाललाई दर्ता गरेर मात्रै खोल्ने समेत निर्णय भएको छ ।
मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाइसकेको छ । प्राधिकरणले पत्र प्राप्त हुनासाथ उल्लेख भएका सामाजिक सञ्जाल बन्द गर्ने जनाएको छ ।
२०८२ भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जाललाई एक साताभित्र सूचीकरण हुन निर्देशन दिएको थियो । त्यसलाई बेवास्ता गरेपछि मन्त्रालयले आजबाट सामाजिक सञ्जाल चल्न नमिल्ने बनाउने भएको हो ।
Facebook Comments