काठमाडौंको चुच्चेपाटीमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृ*त्यु


काठमाडौं । काठमाडौं महानगरपालिका–६ चुच्चेपाटी भाटभटेनीस्थित सडकमा बा ५१ प ४९७६ नम्बरको मोटरसाइकल दुर्घटनामा परी घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।
आज मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार काठमाडौ साँखु बस्ने उदयपुरकी ३५ वर्षीया उषा तामाङ घाइते भएकी र उनको स्तुपा सामुदायिक अस्पताल चुच्चेपाटीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
Facebook Comments