खेलकुद व्यवस्थापनमा स्नातक कार्यक्रमबारे छलफल

User Image मेयरसाप डेस्क | ४ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68ba647f61f3a.jpg

गण्डकी । मुलुकमा पहिलो पटक खेलकुद व्यवस्थापनमा स्नातक कार्यक्रम (बिएसएम) सञ्चालन गरेको गण्डकी विश्वविद्यालयका पदाधिकारी र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीबीच कार्यक्रमको प्रभावकारिताबारे छलफल भएको छ ।

बिहीबार मन्त्री चौधरीको कार्यकक्षमा भएको छलफलबारे आज जानकारी दिँदै बिएसएम कार्यक्रमका संयोजक मधुसुदन सुवेदीले विश्वविद्यालय र मन्त्रालयबीचको सहकार्य, मन्त्रालयले निर्वाह गर्नुपर्ने भूमिका, कार्यक्रमको व्यवस्थापन, राष्ट्रिय खेल संस्थाहरूसँगको साझेदारी, खेलकुद क्षेत्रको समग्र विकास एवं त्यसमा शैक्षिक सम्मिश्रणलगायत विषयमा विमर्श भएको थियो । 

त्यस अवसरमा युवा तथा खेलकुद मन्त्रालयका सचिव हरिप्रसाद लम्साल, विश्वविद्यालयका उपकुलपति प्राध्यापक नवराज देवकोटा लगायत उपस्थित थिए । 


Facebook Comments