एच एन्ड बी बैंक घोटाला प्रकरणका दुई दोषी पक्राउ


काठमाडौं । बैंक घोटाला प्रकरणमा करिब १२ करोड रुपैयाँ जरिवाना र १० वर्ष कैद सजाय तोकिएका दुई जना व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुरेन्द्रकुमार प्रधान र अरविन्द्र श्रेष्ठ छन् । उनीहरू एच एन्ड बी डेभलपमेन्ट बैंक घोटाला प्रकरणका दोषी हुन् ।
सीआईबीका प्रवक्ता तथा एसपी युवराज खड्काका अनुसार, प्रधानलाई ९ करोड २१ लाख ५० हजार रुपैयाँ जरिवाना र ७ वर्ष कैद तथा श्रेष्ठलाई २ करोड ५० लाख रुपैयाँ जरिवाना र ३ वर्ष कैद सजाय तोकिएको थियो ।
उनीहरू लामो समयदेखि फरार थिए। २०६९ सालमा यो घोटाला प्रकरण बाहिर आएको थियो, जसमा बैंकका कर्मचारीको मिलेमतोमा ’गुड फर पेमेन्ट’ को नाममा ठूलो रकम हिनामिना भएको अनुसन्धानले देखाएको थियो ।
Facebook Comments