जनताले नजिकबाट पाउने सेवा स्थानीय सरकारबाटै हो : मन्त्री न्यौपाने
No Author Assigned | २०८२ भदौ २० गते ०९:२१
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले संविधानले केन्द्र, प्रदेश र स्थानीय तहलाई दिएको साझा अधिकार कार्यान्वयन गर्न स्पष्ट नीति र कानुनको आवश्यकता रहेको बताएकी छन् ।
आज काठमाडौँमा आयोजित ‘गाउँगाउँमा सिंहदरबार’ नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सङ्घीयता कार्यान्वयनको क्रममा देखिएका चुनौतीहरू समाधान गर्न स्थानीय सरकारलाई थप शक्तिशाली र प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् ।
मन्त्री न्यौपानेले भनिन्, ‘जनताले नजिकबाट सेवा पाउने भनेको स्थानीय सरकारबाटै हो। संविधानले स्थानीय तहलाई धेरै अधिकार दिएको छ, तर साझा अधिकार कार्यान्वयनमा अस्पष्टता छ। यसलाई कानुन बनाएर स्पष्ट बनाउन जरुरी छ।’
मन्त्री न्यौपानेले स्थानीय सरकारलाई थप बलियो बनाउन सबै जनप्रतिनिधिले ध्यान दिनुपर्ने पनि बताइन् ।
Facebook Comments