ललितपुरको हरिसिद्दीमा मन्त्रीको गाडीले ठक्कर दिँदा बालिका घाइते


ललितपुर । ललितपुरको हरिसिद्दीमा मन्त्रीको गाडीले ठक्कर दिँदा एकजना बालिका घाइते भएकी छन् । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगर सवार गाडीले आज बिहान हरिसिद्दी उकालोमा ११ वर्षीय बालिकालाई ठक्कर दिएको हो ।
घाइतेको बी एण्ड बी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेको अवस्था सामान्य रहेको बताइएको छ । एमालेको दोस्रो विधान अधिवेशनमा भाग लिन गोदावरीतर्फ जाँदै गरेको बेला दुर्घट्ना भएको हो ।
दुर्घटनापछि गोदावरी जाने मुख्य सडक अवरुद्ध भएको छ । स्थानीयले दोषीलाई कारवाहीको माग गर्दै सडक जाम गराएका हुन् ।
Facebook Comments