एमालेको अधिवेशनमा जाँदै गरेको मन्त्रीको गाडीले ठक्कर दिँदा बालिका घाइते, चालक प्रहरी नियन्त्रणमा


ललितपुर । ललितपुरको हरिसिद्दीमा मन्त्रीको गाडीले ठक्कर दिँदा एकजना बालिका घाइते भएकी छन् । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगर सवार गाडीले आज बिहान हरिसिद्दी उकालोमा ११ वर्षीय बालिकालाई ठक्कर दिएको हो ।
एमालेको दोस्रो विधान अधिवेशनमा भाग लिन गोदावरीतर्फ जाँदै गरेको बेला दुर्घट्ना भएको हो । घाइते बालिकाको बी एण्ड बी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेको अवस्था सामान्य रहेको बताइएको छ ।
दुर्घटनापछि प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिएर बाँणे गाउँ प्रहरी चौकीमा पुर्याएको छ । दुर्घटनापछि स्थानीयले दोषीलाई कार्बाहीको माग गर्दै गोदावरी जाने मुख्य सडक अवरुद्ध गरेका छन् ।
Facebook Comments