मन्त्री चढेको गाडीको ठक्करबाट घाइते भएकी बालिकाको उपचार खर्च एमालेले व्यहोर्ने

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68bbc20cf1b5c.jpg

ललितपुर । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगर सवार गाडीले ठक्कर दिँदा घाइते भएकी बालिकाको उपचार खर्च नेकपा (एमाले)ले गर्ने भएको छ । एमालेको दोस्रो विधान महाधिवेशनको दोस्रो दिन आज बन्दसत्रमा सहभागि हुन मन्त्री मगर गोदावरीतर्फ जाँदै गर्दा हरिसिद्दी उकालोमा दुर्घटना भएको हो ।

दुर्घटनामा ११ वर्षीय बालिका घाइते भएकी छन् । दुर्घटनापछि बाटो अवरुद्ध हुँदा एमालेको कार्यक्रम एक घण्टा ढिला सुरु भएको छ ।

बालिकाको सम्पूर्ण उपचार खर्च पार्टीले बेहोर्ने गरी उपचारका लागि अस्पताल पठाएको जानकारी दिँदै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बालिकाको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। दुर्घटना भवितव्य भएकाले महाधिवेशन अवरोध गर्न कसैले राजनीति गर्न खोजेकोप्रति समेत अध्यक्ष ओलीले बताए ।

“गाडीले लागेको बालिकालाई अस्पताल लगिसकियो । त्यस्तो कुनै नियत थिएन । पार्टीले उनको सम्पूर्ण उपचार खर्च बेहोर्छ । घटनाप्रति दुःख व्यक्त गर्दछु । कहिलेकाहीँ यस्ता अप्रिय घटना हुन्छन्”, अध्यक्ष ओलीले भने, “यसमा हामी पनि दुःखी भएका छौँ र बालिकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।”

गोदावरी ललितपुर सनराइज सभाहलमा शुक्रबारको बन्दसत्रमा प्रस्ताव हुन बाँकी तीन प्रतिवेदन आज पेस हुने क्रम जारी छ । अहिले निर्वाचन आयोगका संयोजक डा विजय सुब्बाले प्रतिवेदन पेस गर्दै छन् । प्रतिवेदन पेस भएपछि १० समूहमा छलफल हुनेछ । 


Facebook Comments