एमालेको विधान महाधिवेशनः फरक मत पेस गर्न कर्ण थापालाई ओलीले रोके

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68baf50479c53.gif

काठमाडौं। एमालेको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी सदस्य कर्ण थापालाई फरक मत पेस गर्न रोक लगाएका छन् । फरक मत पेस गर्नका लागि महाधिवेशनमा प्रवेश गर्न लागेका थापालाई अध्यक्ष ओलीले फर्काएका हुन् । 

विद्यादेवी भण्डारीको पक्षबाट फरक मत पेश गर्न लागेका थापालाई अध्यक्ष ओलीले भने, ‘तपाईँ हलमा पेश गर्नु पर्दैन समूहमा जानुस् ।’ 

अध्यक्ष ओलीले प्रतिनवेदनहरूमाथि १० समूहमा छलफल भइरहेकोले त्यही कुरा गर्न समेत भने । थापाको प्रतिवेदन महाधिवेशन प्रतिनिधिहरुलाई बाँडिएको छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अब थापाको मतबारे महाधिवेशनको हलमा कुरा नहुने समूहमा कुरा राख्न सक्ने बताए ।


Facebook Comments