बुढानीलकण्ठमा कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यस्तो छ छलफलका एजेण्डा

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68bceb75dadfe.jpg

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै छ। बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहान ९ बजे बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

बैठकमा कांग्रेसका भातृ संस्थाको महाधिवेशन, क्रियाशील सदस्यता वितरण र सरकारका पछिल्लो कामकारबाहीबारे छलफल हुनेछ । उपसभामुख हटाउने विषयमा यसअघि पदाधिकारी तहमा भएका छलफल र हस्ताक्षर अभियानले पनि बैठकमा प्रवेश पाउने भएको छ ।  

यसैगरी बैठकमा उपनिर्वाचनको उम्मेदवारबारे पनि छलफल हुने बताइएको छ। कात्तिक १७ गते प्रतिनिधि सभा सदस्य चयनका लागि रुपन्देही–३ र प्रदेश सभा सदस्य चुन्न मनाङ ख मा उपनिर्वाचन हुँदै छन् ।  
 


Facebook Comments