एमाले विधान महाधिवेशन : पूर्वराष्ट्रपति राजनीतिमा फर्किनेबारे अधिकांशको असहमति

User Image मेयरसाप डेस्क | १९ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68bd251d2b1b8.jpg

ललितपुर । नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशनमा अधिकांश प्रतिनिधिले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने पार्टीको निर्णयलाई समर्थन गरेका छन् ।

महाधिवेशनको दोस्रो दिन समूहगत छलफलमा केही प्रतिनिधिले मात्र उक्त निर्णयको विपक्षमा विचार राखेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।

दशवटै समूहको छलफलमा भण्डारीको सदस्यता नवीकरण गर्नुपर्ने पक्षमा जम्मा २५ जनाले मात्र आफ्नो धारणा राखेको गौतमले बताए । अधिकांश प्रतिनिधिले देशको सर्वोच्च पदमा पुगिसकेका व्यक्तिलाई सक्रिय राजनीतिमा ल्याउन नहुने तर्क गरेका छन् ।

महाधिवेशनमा राजनीतिक, साङ्गठनिक र विधान संशोधन प्रस्तावहरूमाथि छलफल भइरहेको छ । कर्णाली प्रदेशले पदाधिकारीमा सबै प्रदेशको प्रतिनिधित्व हुनुपर्ने र पार्टी सदस्यता शुल्कको वितरण प्रणालीमा संशोधन गर्नुपर्ने प्रस्ताव पनि राखेको छ ।


Facebook Comments