ललितपुर महानगरले भत्कायो न्हुः पोखरीका अवैध संरचना

User Image मेयरसाप डेस्क | २० घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68bd3475e2c84.jpg

काठमाडौं । ललितपुर महानगरपालिकाले जावलाखेलस्थित ऐतिहासिक न्हुः पोखरीको डिलमा रहेका अवैध संरचनाहरू भत्काएको छ । आइतबार महानगरपालिकाले डोजर प्रयोग गरी पोखरीको उत्तरतर्फ रहेका भवनहरू भत्काएको हो ।

यी भवनहरू बुद्धि विकास मण्डल र नेपाल क्षयरोग निवारण संघले प्रयोग गर्दै आएका थिए । महानगरपालिकाले गत साउन १७ गते ३५ दिनभित्र अवैध संरचना हटाउन सूचना जारी गरेको थियो । तर, सम्बन्धित पक्षले अटेर गरेपछि महानगर आफैंले प्रहरीको सहयोगमा संरचनाहरू भत्काएको हो ।

महानगरपालिकाले वडा नम्बर ५ मा रहेको न्हुः पोखरीलाई पुनर्निर्माण गर्ने योजना बनाएको छ । यसका लागि विस्तृत परियोजना प्रतिवेदन स्वीकृत भइसकेको र बजेट पनि विनियोजन गरिएको महानगरले जनाएको छ ।

बुद्धि विकास मण्डलका अध्यक्ष पवन रानामगरले उच्च अदालतले अन्तरिम आदेश जारी गरे पनि महानगरले त्यसको बेवास्ता गरेको आरोप लगाएका छन् । तर, महानगरले भने स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार सार्वजनिक सम्पत्ति संरक्षण गर्ने आफ्नो दायित्व भएको भन्दै स्पष्ट पारेको छ ।


Facebook Comments