जेलेन्स्कीद्वारा पुटिनको बैठक प्रस्ताव अस्वीकार, भने– ‘म आतङ्ककारीको राजधानी जान सक्दिनँ’

User Image मेयरसाप डेस्क | २० घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68bd3d1c4846a.jpg

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग मस्कोमा भेट गर्ने प्रस्ताव अस्वीकार गरेका छन् । उनले मस्कोलाई ‘आतङ्ककारीको राजधानी’ भन्दै वार्ताप्रति रुसको वास्तविक चासो नभएको बताएका छन् ।

अमेरिकी मिडियासँगको एक अन्तर्वार्तामा जेलेन्स्कीले भने, “म आतङ्ककारीको राजधानी जान सक्दिनँ, किनभने युक्रेन प्रत्येक दिन मिसाइल आक्रमणको सिकार भइरहेको छ।” उनले पुटिन किएभ आउन सक्ने सुझाव दिएका छन् ।

यसअघि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशका राष्ट्रपतिबीच प्रत्यक्ष वार्ताका लागि लगातार दबाब दिइरहेका थिए । तर, मस्कोले वार्ताका लागि अतिरिक्त सर्तहरू राखेको र युक्रेनी सहरहरूमा गोलाबारी बढाएको आरोप छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले जेलेन्स्कीलाई मस्कोमा ’वार्ताका लागि आमन्त्रित गरिएको, आत्मसमर्पणका लागि होइन’ भनी स्पष्ट पारेका छन् ।

यसैबीच, जेलेन्स्कीले सेप्टेम्बरको पहिलो पाँच दिनमै रुसले युक्रेनमा १,३०० भन्दा बढी ड्रोन, ९०० निर्देशित बम र करिब ५० प्रकारका मिसाइल प्रहार गरेको जानकारी दिएका छन् ।


Facebook Comments