जापानका प्रधानमन्त्री शिगेरु इशिबाले राजीनामा दिँदै


टोकियो । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले राजीनामा दिने निर्णय गरेका छन् । माथिल्लो सदनको चुनावमा पार्टीले नराम्रोसँग पराजय भोगेको र पार्टीभित्र नयाँ नेतृत्वको माग बढिरहेको अवस्थामा उनले राजीनामा दिने भएका हुन् ।
सार्वजनिक प्रसारणकर्ता एनएचकेका अनुसार, ६८ वर्षीय इशिबाले सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) लाई विभाजनबाट जोगाउन यो निर्णय लिएका हुन् । प्रधानमन्त्री बनेको एक वर्ष पनि नपुग्दै उनले संसद्का दुवै सदनमा बहुमत गुमाएका थिए ।
गत हप्ता कृषिमन्त्री र एक पूर्वप्रधानमन्त्रीसहित पार्टीका वरिष्ठ नेताहरूले उनलाई राजीनामा दिन आग्रह गरेका थिए । माथिल्लो सदनको चुनावमा भएको हारको जिम्मेवारी लिएर पदत्याग गर्न उनीमाथि निरन्तर दबाब बढिरहेको थियो ।
अब नयाँ नेतृत्व चयनका लागि एलडीपीका सांसद र क्षेत्रीय अधिकारीहरूले सोमबार औपचारिक अनुरोध पेस गर्नेछन्, जसपछि पार्टीमा नयाँ नेतृत्वको प्रतिस्पर्धा सुरु हुनेछ ।
Facebook Comments