Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

काठमाडौंमा फरार ३ प्रतिवादी पक्राउ

User Image मेयरसाप डेस्क | २०८२ भदौ २० गते १८:५५
Image of https://mayorsap.com/storage/photos/10/Arrest-1_DV8Y21Yhja_Z9DwgP4Ka4.jpg

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ज्यान मार्ने उद्योग मुद्दाका फरार तीन प्रतिवादीलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपालचोकको पाँचपोखरी थाङपाल गाउँपालिका–१ बाँसखर्क घर भई हाल काठमाडौंको गोकर्णेश्वर–५ जोरपाटी बस्ने २८ वर्षीय लोप्साङ बम्जन, नुवाकोटको शिवपुरी गाउँपालिका–१ घर भई काठमाडौँको गोकर्णेश्वर–५ जोरपाटी बस्ने २६ वर्षीय सुमन तामाङ तथा नुवाकोटको शिवपुरी–१ घर भई हाल काठमाडौँको गोकर्णेश्वर–५ जोरपाटी बस्ने ३० वर्षीय कुमार तामाङ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । 

गत साउन १२ गते गोकर्णेश्वर–५ बाहुनधारास्थित सडक खण्डमा सामूहिक रुपमा पीडितलाई धारिलो हतियार खुकुरी प्रहार गरी सख्त घाइते बनाई फरार रहेका तीनै जनालाई ज्यानसम्बन्धी कसुर (ज्यान मार्ने उद्योग) मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको थियो । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । 


Facebook Comments