खानेपानीमन्त्री प्रदीप यादवले दिए पदबाट राजीनामा

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/pradeep yadav3.jpg

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले पदबाट राजीनामा दिएका छन् । जेनजीहरूको प्रदर्शनका क्रममा सोमबार १९ जना युवाले ज्यान गुमाएको घटनापछि उनले राजीनामा दिएका हुन् । 

मन्त्री यादवले प्रधानमन्त्री ओलीलाई राजीनामा बुझाएका हुन् । मन्त्री यादवले भनेका छन्, ‘हिजो जेनजी युवा पुस्ताले गरेको आन्दोलनको समर्थन र सरकार र प्रशासनद्वारा गरिएको दमनको विरोध गर्दै म आफ्नो खानेपानी मन्त्रालयको मन्त्री पदबाट राजिनामा दिने घोषणा गर्दछु । प्रिय युवा भाई बहिनीहरु तपाई नै मेरो प्रथम सहयोगी र मेरो जोश र ऊर्जाका सुत्रधार हुनुहुन्छ । हामी सबैलाई संयमता अपनाई युवा पुस्तालाई सहि मार्ग दर्शन दिन र सहयोग गर्न अपिल गर्दछु ।’


Facebook Comments