Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवा सुरु

User Image मेयरसाप डेस्क | २०८२ भदौ २३ गते १६:३६
Image of https://mayorsap.com/storage/photos/10/68c157ee22781.jpg

काठमाडौं । देशभरको विषम परिस्थितिका कारण मंगलबारदेखि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान सेवा आजदेखि पुनः सञ्चालनमा आएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा समितिको बैठकले हवाई उडानहरू पुनः सुरु गर्ने निर्णय गरेपछि विमानस्थलले एक सूचना जारी गरी यो जानकारी दिएको हो ।

विमानस्थलले यात्रुहरूलाई आफ्नो उडानको समयबारे सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्क गरी मात्र विमानस्थल आउन अनुरोध गरेको छ । 

साथै, यात्रा गर्दा आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजातहरू साथमा राख्न पनि भनिएको छ । निजी हवाई सेवा प्रदायक बुद्ध एयरले पनि बिहीबार बिहानदेखि आफ्नो उडान सुरु हुने जानकारी दिएको छ ।


Facebook Comments