Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

प्रधानसेनापतिसँग हर्क साम्पाङ र दुर्गा प्रसाईंले पनि भेटे, के भयो छलफल ?

User Image मेयरसाप डेस्क | २०८२ भदौ २३ गते १९:४९
Image of https://mayorsap.com/storage/photos/10/68c1854309b93.jpg

काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ र दुर्गा प्रसाईं जंगी अड्डा पुगेका छन्। आज साँझ जंगीअड्डा पुगेका मेयर साम्पाङ  प्रधानसेनापति अशोकराज सिग्देलसँग भेट गरेर केहीबेरअघि बाहिरिएका छन् । 

यसअघि दिउँसो दुर्गा प्रसाईंले प्रधानसेनापति सिग्देलसँग भेट गरेका थिए । सामाजिक सञ्जाल फेसबुकमार्फत भेटबारे जानकारी गराउँदै उनले प्रधानसेनापतिसँग पछिल्लो अवस्था र आगामी बाटोबारे गहिरो छलफल भएको बताएका छन् ।

‘यस लामो छलफलपछिको मेरो निष्कर्ष स्पष्ट छ– मलाई नेतृत्वको मोह छैन,’ उनले भनेका छन्, ‘देशलाई जसरी निकास मिल्छ, त्यही नै मेरो प्राथमिकता हो ।’

उनले जेनजी पुस्ताको आवाजलाई सम्मान गर्दै बालेन वा शुशीला कार्की जसको नेतृत्व पनि स्वीकार्य हुने बताएका छन् । यसैगरी जेनजी प्रतिनिधिले दिनभर जंगीअड्डामा छलफल गरेका थिए । 


Facebook Comments