मेयर हर्क साम्पाङको समर्थनमा जंगीअड्डा बाहिर नाराबाजी

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको समर्थनमा जंगीअड्डा बाहिर नाराबाजी भएको छ । भावी प्रधानमन्त्रीमा इच्छा देखाएका उनी आज धरानबाट काठमाडौं आएका हुन् । केहीबेर अघि जंगीअड्डाबाट बाहिरिने क्रममा साम्पाङका समर्थकहरुले होहल्ला र नारावाजी गरेका हुन् ।
उनीहरुले सुशीला कार्कीलाई नमान्ने भन्दै हर्क साम्पाङ वा बालेन साहलाई प्रधानमन्त्री बनाउनुपर्ने बताइरहेका छन् । समर्थकहरुले माइकिङ सहित होहल्ला गरेपछि जंगी अड्डाले उनीहरुलाई नाम टिपाएर जान र भोलि सम्पर्क गर्न आग्रह गरेको छ ।
Facebook Comments