सेनाको विशेष विमानबाट बंगलादेशी फुटबल टिम ढाका फर्किँदै

User Image मेयरसाप डेस्क | ४ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c2564847612.PNG

काठमाडौं । नेपालमा रहेको बंगलादेशी राष्ट्रिय फुटबल टिम ढाका फर्कने भएको छ । बिहीबार बंगलादेशी टिम र काठमाडौंमा रहेका बंगलादेशी पत्रकारलाई लिन त्यहाँको सेनाको विशेष विमान काठमाडौं आएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहका अनुसार बंगलादेशी सेनाको विमान ११ बजे ढाकातर्फ उड्ने छ । 

बंगलादेशी फुटबल टिम नेपालविरुद्ध दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेल्न काठमाडौं आएको थियो । त्यसमध्ये पहिलो खेल गोलरहित बराबरीमा टुंगेको थियो ।

जेन–जीको प्रदर्शनका कारण दुई टिमबीच मंगलबार हुनु पर्ने खेल भने रद्द गरिएको थियो । 


Facebook Comments