अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानी सेवा प्रदान गर्न राष्ट्र बैंकको निर्देशन


काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानी सेवा प्रदान गर्न निर्देशन दिएको छ ।
बिहीवार राष्ट्र बैंकले विज्ञप्ति जारी गर्दै नेपाली सेनाले जारी गरेको विज्ञप्ति बमोजिम आवतजावत हुनेगरी आफ्ना संवेदनशील प्रणाली सञ्चालन गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा प्रदान गर्न निर्देशन दिएको हो ।
अन्य प्रणालीको हकमा भने रिमोट एक्सेसमार्फत् सञ्चालन सञ्चालन गर्ने व्यवस्था मिलाउन समेत बैंकले निर्देशन दिएको छ ।
Facebook Comments