तोलामा ७ सयले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/gold.jpg

काठमाडौं । गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदी तोलामा रु ५ ले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख १५ हजार १०० र प्रतितोला चाँदीको मोल रु दुई हजार ५७० कायम भएको छ । 

गत शुक्रबार एक तोला सुन रु दुई लाख १५ हजार ८०० मा किनबेच भएको थियो भने सोही परिमाणको चाँदी रु दुई हजार ५६५ मा खरिदबिक्री भएको थियो । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन तीन हजार छ सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 


Facebook Comments