जेनजी आन्दोलनका क्रममा मृ*त्यु हुनेको संख्या ७२ पुग्यो

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68bfe77cc5d18.jpeg

काठमाडौं । जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या हालसम्म ७२ जना पुगेको छ । प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा मुख्य सचिव एकनारायण अर्यालले आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या हालसम्म ७२ जना पुगेको जानकारी दिएका हुन् ।

मृत्यु हुनेमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना रहेका छन् । त्यसैगरी प्रदर्शनका क्रममा १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएको समेत अर्यालले जानकारी दिए ।

सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारको विरोधमा जेनजी समुहले भदौ २३ गते प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुँदा प्रहरीको गोली लागेर उक्त दिन १९ जना प्रदर्शनकारीको मृत्यु भएको थियो भने सयौंको संख्यामा घाइते भएका थिए । आन्दोलनले दोस्रो दिन अझ उग्र रुप लिँदा विभिन्न स्थानमा प्रहरीसँगको झडपमा थप मानिसहरुको मृत्यु भएको थियो । प्रदर्शनकारीको कुटपिटबाट केही प्रहरीको समेत मृत्यु भएको छ । देशभरका विभिन्न कारागारमा समेत प्रहरी र कैदीबन्दीबीच झडप हुँदा केही कैदीबन्दीको समेत मृत्यु भएको छ ।


Facebook Comments