रास्वपा छोडेको घोषणा गर्दै सुमनाले भनिन्–मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला, मैले पार्टी छाँडे

'पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राखिरहयो'

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/sumana_55nTuHQcHe_UEYNxKtfVE.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता सुमना श्रेष्ठले पार्टी छोडेकी छन् । रास्वपाका केन्द्रीय सदस्यहरूको ग्रुपमा श्रेष्ठले पार्टी छोडेको जानकारी गराएकी हुन् । 

उनले पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेपछि आफूले आलोचना गर्दै आएको तर कत्ति पनि फरक नपरेको बताउँदै पार्टी छाडेकाे बताएकी हुन् ।

‘कहिल्यै गल्ती नस्विकार्ने । गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरुद्धमा मिडिया ट्रायल गर्ने । जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेला देखि नै आलोचना गर्दै आएको हुँ । तर त्यसले कत्ति पनि फरक पारेन ।’ उनी लेख्छिन्, ‘उल्टै मिडिया ट्रायल हुन थाल्यो । यो स्वीकार्य छैन । अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला ।मैले पार्टी छोडेँ ।’


Facebook Comments