सुनको मूल्यमा सामान्य वृद्धि, तोलामा २ लाख १५ हजार


काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला १०० रुपैयाँले बढेर २ लाख १५ हजार २०० रुपैयाँ पुगेको छ । आइतबार यसको मूल्य २ लाख १५ हजार १०० रुपैयाँ थियो ।
यसैगरी, चाँदीको मूल्य पनि सामान्य बढेको छ । आइतबार प्रतितोला २ हजार ५७० रुपैयाँ रहेकोमा सोमबार बढेर २ हजार ५७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
Facebook Comments