जेनजी आन्दोलनका मृ*तकलाई राष्ट्रिय सम्मान दिने गृहमन्त्री अर्यालको निर्णय

राष्ट्रिय झण्डा आधा झुकाइने

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c7c88bb3564.jpg

काठमाडौं । नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरेलगत्तै जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूलाई राष्ट्रिय सम्मान दिने निर्णय गरेका छन् ।

गृहमन्त्रीको निर्णयअनुसार मृतकहरूको सम्मानमा राष्ट्रिय शोक मनाइनेछ र सो दिन राष्ट्रिय झण्डा आधा झुकाइनेछ । यसका साथै, मृतकका परिवारलाई किरिया खर्चबापत जनही एक लाख रुपैयाँ दिइनेछ ।

शव व्यवस्थापनका लागि सरकारले निःशुल्क सवारीसाधन उपलब्ध गराउने र विकट ठाउँमा हेलिकप्टरबाट पुर्याउने व्यवस्थासमेत गरिएको छ । शोक दिवस कुन दिन मनाउने भन्ने विषयमा भने मन्त्रिपरिषदले निर्णय गर्नेछ ।


Facebook Comments