जापानिज इन्सेफ्लाइटिस रोगले चितवनमा एक जनाको मृ*त्यु

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c7c59b6b2f4.jpeg

चितवन । चितवनमा जापानिज इन्सेफ्लाइटिस रोगको प्रकोप बढ्दै गएको छ । अहिलेसम्म १६ जनामा यस रोगको सङ्क्रमण पुष्टि भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार पछिल्लो पटक भदौ २३ गते थप एक जनाको मृत्यु भएसँगै यस रोगबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । 

साउनयता मृत्यु हुने सबै राप्ती, भरतपुर र कालिका नगरपालिकाका बासिन्दा हुन्। यो रोग भरतपुर, कालिका, राप्ती, खैरहनी र माडी नगरपालिकाका व्यक्तिमा देखिएको छ ।

क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने यो रोगबाट बच्न विशेष सावधानी अपनाउन जनस्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।

धानखेतीलगायतका स्थानमा बढी सक्रिय हुने यो लामखुट्टेले सुँगुर र हाँसजस्ता पशुपक्षीलाई टोकेमा रोग सार्न सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ ।


Facebook Comments