बागलुङमा मध्यपहाडी लोकमार्ग अवरुद्ध, यात्रुहरू अलपत्र

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c7e3ec9da0b.jpg

ढोरपाटन । बागलुङको निसीखोला गाउँपालिका–४ स्थित कालापैराखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।

राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको यो लोकमार्गको बुर्तिबाङ–पूर्वी रुकुम खण्डमा यातायात ठप्प भएको हो ।

आइतबार दिनभर परेको वर्षाका कारण राति आएको भीषण बाढी र पहिरोले सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा रुकुम पूर्वदेखि काठमाडौं–पोखरा जाने यातायातका साधन कालापैरामा रोकिएका छन् ।

निसीखोला–४ का वडाध्यक्ष टीकानिधि पौडेलका अनुसार लोकमार्गसँग समन्वय गरेर सडक खुलाउने प्रयास भइरहेको छ । उनले निरन्तर वर्षाका कारण यो खण्डमा पहिरो र लेदो खस्ने समस्या दोहोरिरहने बताए ।


Facebook Comments