महान्यायाधिवक्ता सविता भण्डारीद्वारा पदभार ग्रहण

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c7e072c43f3.jpg

काठमाडौं । वरिष्ठ अधिवक्ता सविता भण्डारीले नेपालको पहिलो महिला महान्यायाधिवक्ताका रूपमा पदभार ग्रहण गरेकी छिन् ।

उनले आज प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत समक्ष पद तथा गोपनीयताको शपथग्रहण गरे लगत्तै महान्यायाधिवक्ताको कार्यालयमा पदभार सम्हालेकी हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार उनलाई महान्यायाधिवक्तामा नियुक्त गरेका थिए ।

कानुनी क्षेत्रमा लामो अनुभव सँगालेकी भण्डारीको यो नियुक्तिलाई नेपालको न्याय प्रणालीमा महिला सशक्तीकरणको महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ ।


Facebook Comments