उपमहानगरको गाडी जलेपछि युवाले उठाउन थाले फोहर

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c7ded3ed802.jpg

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकामा फोहर फाल्ने गाडीमा आगजनी भएपछि थुप्रिएको फोहर उठाउने अभियान युवाहरूले थालेका छन् । ‘जेनजी’ प्रदर्शनका क्रममा गाडीमा आगजनी भएपछि एक हप्तादेखि तुलसीपुर बजारको फोहर उठ्न सकेको थिएन । 

बजार नै दुर्गन्धित भएपछि तुलसीपुरका दुई युवा, भूपेन्द्र वली र प्रकाश भण्डारीले यो अभियान सुरु गरेको बताएका छन् । उनीहरूले उपमहानगरपालिकासँगको समन्वयमा ट्याक्टर भाडामा लिई दुई जना कर्मचारी राखेर फोहर उठाउन थालेका हुन् । 

उपमहानगरपालिकाले फोहर उठाउन सुरु नगर्दासम्म यो अभियान जारी रहने उनीहरूको भनाइ छ । समाजलाई अप्ठेरो पर्दा युवाले यस्ता अभियान थाल्नुपर्ने सन्देश दिन पनि यो काम सुरु गरिएको उनीहरूले बताए ।


Facebook Comments