बनस्थलीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृ*त्यु


काठमाडौं । काठमाडौंको बनस्थली चोकमा आज बिहान टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ललितपुरको सातदोबाटो बस्ने ३१ वर्षीय मनिष केसी रहेको प्रहरीले जनाएको छ । बा४६प ४६०० नम्बरको मोटरसाइकलमा सवार केसीलाई टिपरले ठक्कर दिएको थियो ।
गम्भीर घाइते भएका उनको स्वयम्भूस्थित मनमोहन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।
प्रहरीका अनुसार ठक्कर दिने टिपरको नम्बर खुलेको छैन र चालकको खोजी भइरहेको छ ।
Facebook Comments