डेडिकेटेड ट्रंकलाइनको बक्यौता उठाउने ऊर्जामन्त्री घिसिङकाे निर्णय


काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् ।
पदभार ग्रहण गरेलगत्तै उनले डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न विद्युत् प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेका छन् ।
प्राधिकरणको कार्यकारी निर्देशक हुँदा पनि घिसिङले उक्त बक्यौता रकम असुल्ने प्रयास गरेका थिए, तर तत्कालीन सरकारले यसमा रोकावट गरेको थियो । यस निर्णयसँगै उनी आफ्नो पुरानो अडानमा फर्किएको देखिन्छ ।
यसैगरी, मन्त्री घिसिङले पदभार ग्रहणका क्रममा खादा, माला तथा अबिर केही पनि नलिने घोषणा समेत गरेका छन् ।
Facebook Comments