जेनजी आन्दोलनका २७ मृ*तकको शव आफन्तलाई बुझाइयो


काठमाडौं । ‘जेनजी’ प्रदर्शनका क्रममा मृत्यु भएका २७ जनाको शव त्रिवि शिक्षण अस्पतालबाट आफन्तलाई बुझाइएको छ ।
प्रदर्शनका क्रममा ज्यान गुमाएका तीन जना प्रहरीको शव पनि परिवारले बुझेका छन् । हाल अस्पतालमा १९ वटा शवको पोस्टमार्टम गर्न बाँकी छ ।
यसैगरी, पाँच शवको पोस्टमार्टम भए पनि आफन्तले बुझेका छैनन् भने आगजनी र झडपमा परेर मृत्यु भएका आठवटा शवको पहिचान खुलेको छैन ।
गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु भएका १२ जनाको पहिचान खुलेको छ ।
गृह मन्त्रालयले मृतकहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ, तर कस्तो प्रकारको सम्मान दिने भन्नेबारे भने मन्त्रिपरिषद्बाट निर्णय गरिने गृहमन्त्री अर्यालले जानकारी दिएका छन् ।
Facebook Comments