चोरी भएका सामान फिर्ता गर्न संसद् सचिवालयको आग्रह


काठमाडौं । सङ्घीय संसद् सचिवालयले हालै भएको जेनजी प्रदर्शनका क्रममा संसद् भवनबाट चोरी भएका सामान फिर्ता गर्न अनुरोध गरेको छ ।
सचिवालयले आज सूचना जारी गर्दै कम्प्युटर, प्रिन्टर, टेलिभिजन, क्यामरा, माइक्रोफोन र फर्निचरलगायतका विद्युतीय तथा अन्य सामान अनधिकृत व्यक्तिहरूले लगेको उल्लेख गरेको छ ।
सामान लैजानेहरूको भिडिओ वा सूचना उपलब्ध गराएर सहयोग गर्न पनि सचिवालयले सर्वसाधारणलाई आह्वान गरेको छ ।
सूचना दिने व्यक्तिको परिचय गोप्य राखिने प्रतिबद्धता जनाउँदै सचिवालयले ती सबै सामान फिर्ता गर्न सम्बन्धित व्यक्तिहरूलाई आग्रह गरेको छ ।
Facebook Comments