पहिरोले पानीको मुहान पुरिएपछि खाँदबारीमा हाहाकार

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c7cf95dcea8.jpg

सङ्खुवासभा । वर्षासँगै आएको पहिरोले खानेपानीको मुहान र पाइपलाइन पुरिएपछि सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा खानेपानी आपूर्ति बन्द भएको छ । यसबाट खाँदबारी बजारका करिब एक हजार परिवार प्रभावित भएका छन् ।

खाँदबारी नगरपालिका–४ महभिरमा खसेको पहिरोले पाइप बगाएपछि पानी आपूर्ति अवरुद्ध भएको हो । यसअघि यही भदौ ५ गते पनि पहिरोले मुहानको इन्टेक पुरेका कारण करिब एक साता खानेपानी वितरण ठप्प भएको थियो ।

खानेपानी तथा उपभोक्ता संस्थाका अध्यक्ष दिव्यराज बरालका अनुसार मर्मतका लागि आजैदेखि टोली परिचालन गरिएको छ र छिट्टै आपूर्ति सञ्चालनमा ल्याइनेछ । 

तत्कालका लागि सेनाको क्याम्पमा रहेको रिजर्भ ट्याङ्कीबाट पानी वितरण गरिने उनले बताए । हाल पानीको अभाव भएपछि स्थानीयवासी पुराना कुवामा निर्भर भएका छन् ।


Facebook Comments