Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

पुराना दललाई सुझावः कि सच्चिनुस्, कि सक्किनुस्

User Image मेयरसाप डेस्क | २०८२ भदौ २८ गते २१:१५
Image of https://mayorsap.com/storage/photos/10/68c8311e1ab2c.jpg

काठमाडौं । हामी फेरी उठ्ने छौँ भनेर एमाले, कांग्रेस, माओवादी का नेताहरुले भन्न थाले तर के यो सम्भव छ त् ? सबैभन्दा पहिले, म अहिले पनि त्यहि पुरानै दलमा बर्षौ देखि लाग्नु भएको नेता तथा सदस्यहरुलाई के भन्न चाहन्छु भन्दा तपाईँहरूले दिएको त्याग, बिताएको जेल–यातना, र लडेको लडाइँ ऐतिहासिक हो। यो कुरालाइ नकार्न सकिँदैन। तपाईँहरू हाम्रा लेजेन्ड हुनुहुन्छ। तर, एउटा कुरा के हो भन्दाः लेजेन्डहरू संग्रहालयमा राखेर सम्मान गरिन्छ, नीति निर्माणमा प्रयोग गरिन्न ।

हालको  ‘जेन जेड’ आन्दोलनले भनेको एउटा कुरा होः ‘‘तपाईँहरूको ‘त्यो बेला’को तरिकाले ‘आज’ चलाउन मिल्दैन।’’ युवाहरूले चिया पसलमा बसेर ‘हाम्रो बेलामा त...’ भन्ने कुरा सुन्न चाहन्नन् । उनीहरूले चाहन्छन् – डाटा, पारदर्शिता, र योग्यता । उनीहरूसँग इन्टरनेट छ, तपाईँहरूसंग भन्दा धेरै जानकारी छ, र उनीहरूले भ्रष्टाचारको बखान गर्ने ‘किस्सा’लाई सहेर बस्न सक्दैन ।

त्यसैले, यो आन्दोलन तपाईँहरू विरुद्ध होइन, तपाईँहरूको पुरानो ‘सफ्टवेयर’ विरुद्ध हो। तपाईँहरूको अनुभवको ‘हार्डवेयर’ धेरै राम्रो छ, तर यसलाई अपडेट गर्नुपर्छ। नत्र, यो नयाँ पुस्ताको तीव्र गतिमा चल्ने ‘अपरेटिङ सिस्टम’ सँग कम्प्याटिबल हुने छैन।

र हो, अहिले  'Gen Z' पुस्ता तथा देशप्रेमी मनहरुले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई समर्थन गर्छ, सहयोग गर्छ। उहाँको 'team' बाट हुँदै गरेको कामले त्यो पुरानो नारा – “काम देखौं, कुरा हैन” – लाई वास्तविकतामा परिणत गरिदिएको छ। यो सरकारले देखाइदिएको छ कि जब इमान्दारीपूर्वक काम गरिन्छ, भने नतिजा आउँछ । यसले जनतासामु एउटा नयाँ ‘बेंचमार्क’ 'create' गरिदिएको छ। अब आउने दिनहरुमा जनताले सबै नेताहरूलाई यही बेंचमार्कले नाप्नेछ।

तसर्थ, यहाँ तपाईँहरूको दुईवटा विकल्प छन्ः कित अवरोध गर्ने कि त सहयोगी बन्ने।
१. युवाको आवाजलाई “अनुभवविहीन” भन्दै अवहेलना गर्नुहुन्छ भने, यो अन्तरिम सरकारलाई अवैधानिक भन्दै भाँजो हाल्नु हुन्छ भने याद राख्नुहोस्, जनताले सधैं राम्रो कामलाई अवरोध गर्नेहरूलाई बढारेकै छ ।

२. यदि सहयोगी बन्नुहुन्छ भने आफ्नो अनुभवलाई एउटा टूलबक्सको रूपमा लिएर, युवाको ऊर्जालाई मार्गदर्शन गर्नुहुन्छ भने, पार्टी र गुठ स्वार्थ भन्दा माथि उठेर काम गर्ने हो भने देश र जनताको हित बल्ल हुनेछ । र तपाईँहरूलाई अब आउने पुस्ताले सम्मानको नजरले हेर्नेछ ।

अन्त्यमा, एउटा सानो धारणा: 
तपाईँहरूले राजनीति सिकाउन खोज्नुभन्दा अगाडि, युवाहरूबाट सिक्नुहोस् । उनीहरूले दिएको जनादेश स्पष्ट छः “हामी तपाईँहरूको इतिहासलाई सम्मान गर्छौं, तर हामी आफ्नो भविष्य आफैं लेख्न चाहन्छौं। र हामी तपाईँहरूलाई पनि त्यो कथाको अंश बनाउन आमन्त्रित गर्छौं – यदि तपाईँहरू सफा नियममा खेल्न तयार हुनुहुन्छ भने।”


Facebook Comments