हर्क साम्पाङको दाबी– खानेपानी र श्रममन्त्री बन्न प्रस्ताव आएको थियो, मैले अस्वीकार गरेँ


काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूलाई खानेपानी र श्रम तथा रोजगार दुइवटा मन्त्रालयको जिम्मेवारी लिन प्रस्ताव आएको दावी गरेका छन् । उनले वर्तमान सरकारमा दुई मन्त्रालयको जिम्मेवारी लिन प्रस्ताव आएपनि आफूले अस्वीकार गरेको जिकिर गरेका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘खानेपानी र श्रम तथा रोजगार दुइवटा मन्त्रालय दिँदा पनि छोडेर नलिएको मान्छे हुँ म ।’
उनी प्रधानमन्त्री बन्छु भनेर धरानबाट काठमाडौं आएका थिए । प्रधानमन्त्री नहुने भएपछि उनले बालुवाटार पुगेर गृहमन्त्री बनाउन माग गरेको समाचार पनि सार्वजनिक भएको थियो । यद्यपी उनले त्यो समाचारमा झुट भएको बताएका थिए ।
Facebook Comments