आगलागीले कार्यालय ध्वस्त भएपछि भुइँमै बस्याे कार्यपालिका बैठक

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c9226b6de77.jpg

विराटनगर । ’जेनजी’ आन्दोलनका क्रममा क्षति पुगेको इटहरी उपमहानगरपालिकामा आज भुइँमै कार्यपालिका बैठक सञ्चालन गरिएको छ ।

तोडफोड र आगजनीबाट उपमहानगरपालिकाको भवन क्षतिग्रस्त भएपछि मेयर हेमकर्ण पौडेल, उपमेयर संगीता चौधरी लगायतका कार्यपालिका सदस्यहरू परिसरको खाली भुइँमा बसेर बैठकमा सहभागी भएका हुन् ।

भदौ २४ गतेको प्रदर्शनका क्रममा प्रदर्शनकारीले उपमहानगरपालिकाको कार्यालय र मेयर पौडेलको निजी घरमा समेत आगजनी गरेका थिए ।


Facebook Comments