मानव अधिकारको पहलमा संजय टक्लाले तोड अनशन


काठमाडौं । ललितपुरस्थित नख्खु कारागारमा विगत ६ दिनदेखि आमरण अनशनमा बसेका संजय कुमार साह (टक्ला)ले आज अनशन तोडेका छन् । जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट भागेका साह काभ्रेबाट पक्राउ परेका थिए । इलाका प्रहरी कार्यालय मंगलटारको टोलीले उनलाई नियन्त्रणमा लिएर कारागार फिर्ता पठाएको थियो ।
तर साहले भने कारागार विभागले कैदी फिर्ता बोलाएपछि आफैं फर्किँदै गर्दा काभ्रेमा प्रहरीले पक्राउ गरेर मानमर्दन गरेको आरोप लगाएका छन् । साथै उनले आफू निर्दाेष भएपनि कारागार बस्नु परेकाले अहिलेको अन्तरिम सरकारले निष्पक्ष रुपमा पून छानविन गनुपर्ने माग गरेका छन् । उनले नयाँ शिराबाट अनुसन्धान गर्न आग्रह गर्दै आफ्नो पोलिग्राफ तथा नार्को परिक्षण गर्न पनि आग्रह गरेका छन् ।
आज आमरण अनशनको छैटौं दिन राष्ट्रिय मानव अधिकारको टोली कारागार पुगेर साहको आमरण अनशन तोडाएको हो । लामो समय अनशन बस्दा स्वस्थ्यमा असर पर्ने तथा साहको जायज मागको कानुन बमोजिम पहल गर्ने आश्वासनसहित मानवअधिकारको टोलीले आमरण अनशन तोडाएको हो । उनी १२ वर्षदेखि कारागारमा छन् । पूर्वराज्यमन्त्री समेत रहेका उनी जन्मकैदको सजाय भोगिरहेका छन् ।
Facebook Comments