भद्रकाली मन्दिरमा सवारी साधन पूजा गर्नेहरुको भीड (फोटो फिचर)

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68ca3390daf49.jpg

काठमाडौं । विश्वकर्मा पूजाको अवसरमा आज काठमाडौंको भद्रकाली मन्दिरमा बिहानैदेखि सवारी साधन पूजा गर्नेको घुँइचो लागेको छ ।

भगवान विश्वकर्माको पूजा गर्न काठमाडौंको भद्रकाली लगायतका स्थानहरुमा आज भक्तजनहरुको घुँइचा लाग्ने गर्छ । प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।

आज पूजा गरिएको मूर्तिलाई भोलिपल्ट नदीमा सेलाउने गरिन्छ । कलकारखानालाई विशेष रूपमा सजाएर पूजा गरी यो दिवस मनाइन्छ । 

 

तस्बिर: न्यूज बैंक


Facebook Comments