प्रधानमन्त्री कार्कीले आज भारतीय समकक्षी मोदीसँग फोन वार्ता गर्ने


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज फोन वार्ता हुने भएको छ। प्रधानमन्त्री कार्की र मोदीबीच कुराकानी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनले आज बिहान ११ः३० बजे मोदीसँग टेलिफोन वार्ता गर्ने तयारी छ ।
कार्की प्रधानमन्त्री बनेलगत्तै मोदीले बधाई दिएका थिए । मंगलबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सिंहदरबारमा प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेट गरेका थिए ।
जेनजी आन्दोलनका कारण एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनमा दिएपछि भदौ २७ गते पूर्वप्रधानन्यायाधीश कार्की प्रधानमन्त्री बनेकी हुन्।
Facebook Comments